Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक १४३२.४४ विन्दुमा झर्यो

शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक १४३२.४४ विन्दुमा झर्यो

काठमाडौं, ७ साउन । बुधबार (आज) पनि शेयर बजारमा गिरावट आएको छ । नयाँ आर्थिक वर्ष २०७७–०७८ सुरु भएको केही दिन क्रमशः उकालो चढेको बजार परिसूचक पछिल्लो केही दिनयता भने घट्दो क्रममा छ ।

आज नेप्से १७.५० अंकले घटेर १४३२.४४ को विन्दुमा थामिएको छ । बजार खुलेको केही समय बढेको बजार त्यसपछि केही उतार चढावकाबीच घटेर बन्द भएको हो । कारोबारमा आएका १२ उपसमूह मध्ये होटल र म्यूचुअल फन्ड बाहेक अन्य सबैमा गिरावट आएको छ ।

त्यस्तै, कारोबार भने १ सय ८३ कम्पनीको १ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको छ । त्यसमा सबैभन्दा धेरै कारोबार एनआईसि एशिया लघुवित्तको भएको छ । कम्पनीको १८ करोड १५ लाख बढीको शेयर किनबेच भएको छ ।

सो दिन सबैभन्दा धेरै कमाउनेमा भने ओरियन्ट होटल लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । होटलको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुमाउनेमा भने अग्रस्थानमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । लघुवित्तको शेयर मूल्य ८.६१ प्रतिशतले खस्किएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x