कामना सेवाद्वारा यातायात व्यवसायीलाई साउनको ब्याजमा भारी छुट

काठमाडौं, ७ साउन । कामना सेवा विकास बैकले व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकलाई ब्याजमा भारि छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत यस्ता कर्जा लिएका ग्राहकहरुले २०७७ साल असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल साउन २० गते सम्म भुक्तानी गरेको खण्डमा साउन महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट पाउने छन् ।

साथै, असार महिनासम्मको साँवा तथा ब्याज असार महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्ने बैंकले जनाएको छ । यो योजनाले यातायात व्यवसायीहरुलाई अधिकतम लाभ पु¥याई व्यवसाय सञ्चालनमा थप सहजत हुने विश्वास बैंकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *