साताको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले बढ्यो
काठमाडौं, ८ साउन । यो साताको अन्तिम कारोबार दिन आज (बिहीबार) शेयर बजारमा सुधार देखिएको छ । पछिल्लो केही दिन घटेको बजार आज भने १०.१३ अंकले बढेर १४४२.६१ को विन्दुमा उक्लिएको छ ।
आज कारोबारमा आएका १२ समूह मध्ये १ समूह मध्ये विकास बैंक र म्यूचुअल फन्ड समूहमा गिरावट आएपनि अन्य भने सुधार बृद्धि भएको छ ।
त्यस्तै कारोबार पनि १ सय ८७ कम्पनीको १ अर्ब ३२ करोड रुपैयाँ बराबरको भएको छ। तर यो कारोबार रकम हिजोको तुलनामा झन्डै २० करोड रुपैयाँले कम हो ।
आज सबैभन्दा धेरै कमाउने सूचीको अग्रस्थानमा तारागाउँ रिजेन्सी होटलको भएको छ । होटलको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने गुमाउने सूचीको अग्रस्थानमा मल्टिप्रपोज फाइनान्स कम्पनी रहेको छ । फाइनान्सको शेयर मूल्यमा ५.३६ अंकले ह्रास आएको छ । त्यस्तै सबैभन्दा धेरै कारोबार भने नेपाल रि–इन्स्योरेन्सको भएको छ। इन्स्योरेन्सको ११ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।