Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

महासंघको साधरणसभा फेरी स्थगित

महासंघको साधरणसभा फेरी स्थगित

काठमाडौं, ९ साउन । साउन अन्तिमसाता तय भएको नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा पुनः सरेको छ । गत चैतको अन्त्यमा तय भएको साधरणसभा कोरोना भाइरस संक्रमणका कारण सरेको थियो । तर महासंघको विधान अनुसार कुनै विशेष परिस्थितिले रोकिएको खण्डमा तीन महिनाभित्र अर्को मिति तयर गरी साधरणसभा तोक्नुपर्ने प्रावधान छ । सोही अनुसार साउन २६ र २७ गते ललितपुरको हेरिटेज गार्डेनमा साधरणसभा गर्ने तय भएको थियो ।
साधरणसभा तय भएपछि वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षहरु चन्द्र ढकाल र किशोर प्रधान प्यालनसहित स्पर्धा गर्न प्रचारप्रसारमा व्यस्त थिए । सरकारले लकडाउन खोलिसकेको छ । लकडाउनकै समयमा भएको उम्मेद्वारी घोषणामा बेतोड सहभागिता जनाएर भीडभाड गर्ने महासंघका वरिष्ठ उपाध्यक्ष (जो भावी अध्यक्ष हुन्) का तर्फबाटअहिले कोभिड–१९ संक्रमणको डरले साधरणसभा स्थगित गर्नुपरेको दमदार तर्क प्रस्तुत भएको छ ।


सरकारले लकडाउन खोलेपनि सभासम्मेलनको अनुमति नदिएको भन्ने उनी र उनको समूहको दलील छ । महासंघकी अध्यक्ष भवानी राणापनि अहिले यही समूहको सुगारटाइमा छिन् । त्यसैले सभासम्मेलन समेत गर्न पाइनेगरी लकडाउन खुलेको १५ दिनभित्र महासंघको साधरणसभा हुने निर्णय भएको छ । तर सभासम्मेलन गर्न पाइने कहीले हो यकिन छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x