Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बागमतीका सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरू

बागमतीका सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरू

काठमाडौं, १० साउन । सरकारले वागमती प्रदेशमा सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा शुक्रवार टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरू गरेका हुन् ।
मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योनानुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढेको बताए । शुरुआतमा कानूनी कारण समस्या रहेपनि अहिले यो कार्यान्वयनमा गएको उनको भनाइ छ । केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य शुरु भएको छ ।
मन्त्री फुयाँलले यो नम्बर प्लेटका कारण सामाजिक अपराध कम हुने विश्वास गरे । सो नम्बर प्लेट लिनका लागि पहिले सवारी धनीले हालसम्मको राजस्व चुक्ता गर्नुपर्छ । विभागको वेवसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ । सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाएको छ । दुईपाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय, तीन पाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ । त्यस्तै, ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकार नम्बरप्लेटका लागि विभागमा जानुपर्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x