Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटन सम्बद्ध छाता संगठनहरूद्वारा विद्युत् डिमाण्ड शुल्क मिनाहा तथा महशुल छुटको माग

पर्यटन सम्बद्ध छाता संगठनहरूद्वारा विद्युत् डिमाण्ड शुल्क मिनाहा तथा महशुल छुटको माग

काठमाडौं, ९ साउन । नेपालको पर्यटन व्यवसाय सम्बद्ध विभिन्न छाता संगठनहरूले कोभिड–१९ को कारण उत्पन्न विषम परिस्थितिलाई कारण देखाउँदै विद्युत् डिमाण्ड शुल्क मिनाहा तथा विद्युत् महशुलमा छुटको माग गरेका छन् । पर्यटन व्यवसायीका सम्बद्ध संगठनहरूले ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपत् समन्वय समितिका संयोजक भविश्वर शर्माको नेतृत्वमा शुक्रवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आफ्ना मागसहित संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।


‘कोभिड–१९ द्वारा सिर्जित महामारीका कारण नेपालको पर्यटन व्यवसाय पुनः सुचारु गर्न नपाउँदा लाखौंको रोजगारी गुमेको र खर्बौं घाटा भइरहेको सर्वविदितै छ । बन्दाबन्दीका कारण हाल ठमेल लगायत अन्य पर्यटकीय क्षेत्रका घरधनी र व्यवसायीहरू आफ्नो घर तथा व्यवसाय बन्द गरी बसिरहेको विषम परिस्थितिमा पनि प्रयोग नगरीकन विद्युत् युनिटको लाखौं रकम विद्युत् प्राधिकरणलाई डिमाण्ड शुल्कबापत भुक्तानी गर्नुपर्दा हामी ठूलो मर्कामा परेका छौं,’ विद्युत् नियमन आयोग, सानो गौचरण र नेपाल विद्युत् प्राधिकरण, रत्नपार्कलाई बोधार्थ दिइएको उक्त निवेदनमा भनिएको छ, ‘यो विषम परिस्थितिमा डिमाण्ड शुल्क मिनाहा गरी विद्युत् युनिट उठेको आधारमा लकडाउन तथा बन्दाबन्दी शुरू भएको मितिदेखि कम्तीमा दुई वर्षसम्मका लागि ५० छूट गरिदिनु हुन पर्यटन क्षेत्रका सबै छाता संगठनहरूद्वारा संयुक्त रूपमा गठित कोभिड–१९ पर्यटन व्यवसायी विपत् समन्वय समिति माननीय मन्त्रीसमक्ष यो ज्ञापनपत्रद्वारा विनम्र अनुरोध गर्दछ ।’


व्यस्तताका बाबजुद पनि ज्ञापनपत्र बुझ्ने समय दिएको भन्दै मन्त्री पुनलाई कृतज्ञता व्यक्त गर्दै समितिका संयोजक शर्माले उक्त अवसरमा उपस्थित विभिन्न संघ संस्थाका अध्यक्ष पदाधिकारीहरूलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।
ज्ञापनपत्र मार्फत संयुक्त रूपमा आफ्ना माग पेश गर्ने पर्यटन सम्बद्ध संगठनहरूमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल पर्वतारोहण संघ, नेपाल फ्रेट फरवार्डर्स एशोसिएशन (नेफा), होटेल एशोसिएशन अफ नेपाल, नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज, नेपाल पर्यटक यातायात व्यवसायी संघ, टुरिस्ट बस एशोसिएशन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी संघ नेपाल, नेपाल र कैलाश यात्रा संघ, हिमाल उद्धार संघ, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोटोनेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो), एक्सपिडिसन अपरेटर्स एशोसिएशन नेपाल, गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन), शेर्पा पर्यटन व्यवसायी संघ नेपाल (यसिटन), नेपाल मगर पर्यटन समाज, तनहुँ पर्यटन प्रवद्र्धन समाज, टुरिस्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान), नेपाल योगा एशोसिएशन र गाउँले पर्यटन नेपाल छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x