Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

महासंघको साधारण सभा स्थगित गरेकोमा ढकाल समूहको आपत्ति

महासंघको साधारण सभा स्थगित गरेकोमा ढकाल समूहको आपत्ति

काठमाडौं, ९ साउन । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले साधारणसभा स्थगित गरेकोमा आपत्ति जनाएका छन् । ढकाल नेतृत्वको समूहले आज पत्रकार सम्मेलन गरि निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले गर्नु विधानविपरीत भएको भन्दै आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा ढकालले भने ‘मलाई आगामी चैतमा गरे पनि खासै फरक पर्दैन, मैले भन्न खोजेको विधानअनुसार गरौ भन्ने मात्रै हो, कार्यसमितिले चुनाव सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारीले गरेको छ, यो ठीक भएन ।’

निर्वाचन गर्ने विषयमा सरकारलाई पत्र पठाएर अनुरोध गरेको तर सरकारको जवाफ नआउँदै पदाधिकारी बैठकले स्थगितको निर्णय गर्नु गलत भएको उनले बताए । यो निर्णयले महासंघको कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको ढकालको तर्क छ ।

महासंघको साधारणसभा यही साउन २६ र २७ गतेका लागि तोकिएको थियो । तर बिहीबार बसेको पदाधिकारी बैठकले कोरोना महामारीको जोखिमको कारण देखाउँदै निर्वाचन तत्कालका लागि स्थगित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *