Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गत साता ४७.८४ अंकले बढ्यो शेयर बजार

गत साता ४७.८४ अंकले बढ्यो शेयर बजार

काठमाडौं, १० साउन । गत साता शेयर बजार ४७ दशमलव ८४ अंक बढेर नेप्से परिसूचक १४४२.६१ प्रतिशतमा रहेको छ। गत साता सेन्सेटिभ इन्डेक्स पनि २९५ दशमलव शून्य ६ विन्दुबाट बढेर ३०३ दशमलव ९० विन्दुमा पुगेको छ । साथै कुल बजार पूँजीकरणमा रू. ६३ अर्ब ५२ करोड ६० लाखले वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीवार रू. १८ खर्ब ३५ अर्ब ४२ करोड ८० लाख रहेकोमा गत साताको बिहीवार रू. १८ खर्ब ९८ अर्ब ९५ करोड ४० लाख कायम भएको हो ।
गत साता सबैभन्दा बढी कारोबार गर्ने १० कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडि छ । कम्पनीको शेयर रू. ६० करोड १० लाख बराबरको कारोबार भएको छ । यसपछि एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, हिमालयन डिस्टिलरी कम्पनी, एनआइसी एशिया लघुवित्त, नबिल बैंक र शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र एभरेष्ट बैंक रहेका छन् । यसैगरी गत साता कुल बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अगाडि रहेको छ । कम्पनीको कुल बजार पूँजीकरण रकम रू. ९८ अर्ब २५ करोड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x