Date

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

सुनको मूल्य निरन्तर बढ्दै, आइतवार प्रतितोला रू. ९६ हजार ३००

सुनको मूल्य निरन्तर बढ्दै, आइतवार प्रतितोला रू. ९६ हजार ३००

काठमाडौं, ११ साउन । पछिल्ल्ला दिनहरूमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड राख्ने क्रम जारी छ । गत सोमवारदेखि उच्च अंकले उकालो चढ्न थालेको पहेँलो धातुको मूल्य आज आइतवार अघिल्लो दिनको तुलनामा छापावाल ५ सय रुपैयाँ बढेर प्रतितोला ९६ हजार ३०० रुपैयाँ पुगेको छ ।
यस दिन तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको तुलनामा ४९५ रुपैयाँ बढेर प्रतितोला ९५ हजार ९६० पुगेको छ । आइतवार चाँदीको मूल्य भने झीनो अंकले बढेको छ । यस अघिल्लो दिनको तुलनामा यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर ११ सय ५५ रुपैयाँ पुगेको छ ।
अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपालका सुनचाँदी बजारमा देखिएको हो । अमेरिका–चीन व्यापार युद्ध लगायत कारण सुनको मूल्यमा बढोत्तरी भएको र आगामी दिनमा मूल्य अझै माथि जाने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *