नेपाल लाईफ इन्स्योरेन्सले २७ करोड नाफा कमायो
काठमाडौं, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा २७ करोड ९६ लाख रुपैयाँ खुदनाफा कमाएको छ । कम्पनीले सार्वजनीक गरेको वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष कम्पनीले नाफा रकम १५ करोड ३० लाख रुपैयाँले बढाएको हो ।
त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको बीमा शुल्क आम्दानी ४६ प्रतिशत बढेर ७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले हाल नेपालका विभिन्न १०६ वटा केन्द्रहरुबाट आफ्नो सेवा दिदै आएको छ ।