Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सुनको मूल्यमा दिनदिनै कीर्तिमानी, जानकार भन्छन् ‘छिट्टै एक लाख नाघ्छ’

सुनको मूल्यमा दिनदिनै कीर्तिमानी, जानकार भन्छन् ‘छिट्टै एक लाख नाघ्छ’

काठमाडौं, १२ साउन । स्थानीय बजारमा सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९६ हजार ३ सयमा कारोबार भएको सुन आज एकै दिन तोलाको १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि मूल्यले दिनहुँ ऐतिहासिक रेकर्ड बनाएको हो । पछिल्लो समय नेपाल बजारमा सुनको मूल्य निरन्तर बृद्धि देखिएको हो ।

पछिल्लो एक सातामा मात्रै सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको छ । आगामी दिनमा मूल्य अझै माथि जाने अनुमान गरिएको छ । यही महिना अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २ हजार डलर पुग्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर पुग्दा यहाँ प्रतितोला करिब १ लाख रुपैयाँसम्म पुग्ने महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

त्यती मात्र नभई केही समयपछि अन्तर्राष्ट्रिय बजारमा २२ सय डलर पुग्ने प्रक्षेपण गरिएको छ । सो समय नेपाली बजारमा सुन तोलाको १ लाख २५ हजार रुपैयाँ हाराहारीमा पुग्ने छ।

मूल्य बढ्नुका कारण

विश्वव्यापी रुपमै सुनलाई सुरक्षित लगानी मानिन्छ । यसका साथै सुनलाई नगद जस्तै तरल बस्तुको रुपमा समेत लिने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्छन् । त्यो समयमा अन्य क्षेत्रको लगानी झिकेर पनि सुनमा बढाउँछन् । अहिले सुनको भाउ बढ्नुको कारण पनि यही हो ।

कोभिड–१९ को संकट नै लगानीकर्ताहरु अन्यौलमा रहेको शाक्यले बताए । त्यस्तै हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *