Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

प्रुडेन्सियल इन्स्योरेन्सको सर्वसाधारण समूहको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी खुला

प्रुडेन्सियल इन्स्योरेन्सको सर्वसाधारण समूहको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी खुला

काठमाडौं , १२ साउन । प्रुडेन्सियल इन्स्योरेन्सको आजबाट सर्वसाधारण समूहको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी बिक्री खुला भएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ निर्धारण गरि बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

लिलामी भर्ने अन्तिम म्याद साउन १९ गतेसम्म रहेको छ । यसअघि प्रुडेन्सियलले १०० रुपैयाँ अंकित मूल्यको ३८ लाख ४९ हजार १ सय २० कित्ता सेयर बिक्री खुला गरेको थियो । तर सो समयमा आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको शेयर यतिबेला लिलामीमा ल्याइएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । सेयर लिलामीमा बिक्रीपछि कम्पनीको पुँजी १ अर्ब २ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x