एनआईसी एशिया बैंकमा डिजिटल माध्यमबाट खाता खोल्ने सुविधा
काठमाडौं, १२ साउन । एनआईसी एशिया बैंकमा डिजिटल माध्यमबाट खाता खोल्न सकिने भएको छ । बैंकले आफ्नो सेवालाई समयानुकुल परिस्कृत गर्दै लैजाने योजना अनुरुप सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने प्रणालीको सुरुवात गरेको जानकारी दिएको छ ।
खोल्नको लागि आवश्यक फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै गरेर बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको जारी विज्ञप्तीमा उल्लेख छ । यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता खोल्न सक्ने छनु ।
कम्प्युटरमा दक्षता नपुगेका ग्राहकका निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ । जसका लागि देशभर रहेका शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको बैंकले जनाएको छ।