Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

शेयर बजारमा झिनो अंकको गिरावट, १ अर्ब ८१ करोडको कारोबार

शेयर बजारमा झिनो अंकको गिरावट, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, १२ साउन । सोमबार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । तीब्र उत्तार चढावकाबीच बजार २.६२ अंकले घटेर बन्द भएको छ ।

कारोबारको सुरुवाती चरणमा बजार उकालो लागेको थियो । परिसूचक १४७५ सम्मको विन्दुमा पुगेको थियो, तर अन्तमा घटेर १४६२ को विन्दुमा थामिएको छ।

आज कारोबारमा आएका मध्ये विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन तथा वितरण, निर्जीवन बीमा र अन्य समूहको उपसूचक बढेपनि बाँकी सबैमा गिरावट आएको छ ।

त्यस्तै कारोबार पनि १ सय ८७ कम्पनीको १ अर्ब ८१ करोड रुपैयाँ बढीको कारोबरा भएको छ। यो कारोबार रकम हिजोको तुलनामा झन्डै १० करोडले कम हो । यो दिन सबैभन्दा धेरै कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ भने सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लागनीकर्ताहरुले कमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x