Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

घट्यो चियाको निर्यात, गत आवमा रू. १ अर्बले कमी

घट्यो चियाको निर्यात, गत आवमा रू. १ अर्बले कमी

इलाम, १२ साउन । गत आवमा नेपालको निर्यातमा ठूलो कमी आएको छ । भारतीय अवरोध, चिया प्रशोधनमा समस्या, कोरोना महामारी, लकडाउन लगायत कारण निर्यात निर्यातमा ह्राएको हो । चियाको निकासी कम हुँदा यसबाट हुने आम्दानी समेत घटेको पाइएको छ । ठूलो परिमाण चिया निकासी हुँदै आएको मेची भन्सार, काकडभिट्टाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा २०७६÷७७ मा चिया निर्यातमा रू. १ अर्बले कमी आएको छ ।
मेची भन्सार कार्यालयका अनुसार अघिल्लो आवमा रू. २ अर्ब ९४ करोड २८ लाख ६० हजार ५३५ बराबरको चिया नाकाबाट निर्यात भएकामा गत आवमा रू. १ अर्ब ९४ करोड ७० लाख बराबरको मात्र निर्या भएको छ । गत आवमा कोरोना महामारीका साथै किसान आन्दोलनका कारण चियाको निर्यात सुस्ताएको चिया उद्योगीहरूले बताएको छ ।
केही महिना अघिसम्म कोरोनाका कारण पनि चिया गएको थिएन भने निर्यात पनि विराटनगर भन्सारबाट हुँदा कम भएको देखिएको केन्द्रीय चिया सहकारी संघका महासचिव रबिन राईले बताएको राससमा उल्लेख छ । उनका अनुसार बन्दाबन्दीका समयमा मात्रै पनि करोडाँैको चिया निर्यात हुन नसकेको हो । अहिले पनि उद्योगले उत्पादन गरेको चिया बाहिर पठाउन सकिएको छैन भने किसान आन्दोलनले पनि ठूलो परिमाणमा चिया जान नसकेको महासचिव राईको भनाइ छ ।
मेची भन्सारमा ठूलो आम्दानी भित्रिने मध्ये चिया दोस्रो स्थानमा पर्ने गरेकामा गएको वर्ष तेस्रो स्थानमा झरेको छ । गएको वर्ष चियालाई अलैँचीले उछिनेको छ । नेपालमा उत्पादन हुने चियाको झण्डै ९० प्रतिशत हिस्सा बाहिर जाने गरेको छ तर पछिल्लो समय चियामा आन्तरिक किचलो परेकै कारण निर्यात घटेको व्यवसायीहरूको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x