Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोल्पुखोलाको उर्लंदो भेलमा बालुवा निकाल्न भ्याईनभ्याई, स्थानीय सरकारको निर्देशन विपरित कामदारको सुरक्षामा बेवास्ता

कोल्पुखोलाको उर्लंदो भेलमा बालुवा निकाल्न भ्याईनभ्याई, स्थानीय सरकारको निर्देशन विपरित कामदारको सुरक्षामा बेवास्ता

काठमाडौं, १२ साउन । पछिल्लो समय लगातारको वर्षासँगै देशभर बाढी, पहिरोका घटनाहरु भइरहेका छन् । नदीमा पानीको सतह बढेसँगै नदी वरपरका बस्तीहरु समेत डुबानमा परेका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । तर, नुवाकोट र धादिङको सिमा क्षेत्रको कोल्पुखोलामा भने पानीको बहान बढेको मौका छोपी धमाधम बालुवा निकाल्ने काम भइरहेको छ ।

मध्यवर्खाको उर्लदों भेलमा कामदारहरुलाई नदी भित्र छिराएर जोखिमपूर्ण तरिकाले बालुवा निकाल्न लगाइएको छ । पछिल्लो केही दिनयता सयौ कामदारहरु जोखिमपूर्ण रुपमा खोलामा पसेर बालुवा निकालिरहेका छन् ।

यसरी कामदारहरुलाई जोमिपूर्ण काममा लगाउने अव्यवहारीक धन्दाको नेतृत्व भने धादिङ कांग्रेसका स्थानीय नेता बिनोद कार्कीले गरेका छन् । उनको टिममा रमेश तिवारी र प्रकाश कार्की समेत छन् । कार्की गल्छी गाउँपालिकाको अध्यक्षको पराजित उम्मेदवार समेत हुन ।

उर्लंदो भेलमा मजदूरहरुलाई यसरी काम लगाउदा कुनै दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ भन्ने प्रश्नमा बिनोद कार्कीले अहिलेसम्म कुनै घटना नभएको भन्ने अव्यवहारीक जवाफ दिएर पन्छिए । उनले भने– ‘म सहित ५–७ जना मिलेर काम गरेका हौं, म विशेषगरि पार्टीका कार्यक्रमहरुमा बढी जान पर्ने भएकाले त्यहाँ कसरी काम भइरहेको छ मलाई जानकारी छैन । अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।’

बिनोद कार्की

कुनै अप्रिय घटना भए आफुहरु जिम्मेवारी लिन तयार रहेको उनले बताए ।

यसरी कुनै सुरक्षा उपकरणको प्रयोग बिनै कामदारलाई जोखिमपूर्ण काममा लगाउदा समेत स्थानीय प्रशासनले कुनै चासो देखाएको छैन् । उल्टो स्थानीय तहसँग कुनै घटना भएमा क्षतीपूर्णि तिर्ने सम्झौता गरेर काम गरेको कार्कीले बताए । गल्छीगाउँपालिका क्षेत्रमा पर्ने स्थानमा भएकाले सोही गाउँपालिकासँग सम्झौता गरेको उनले बताए ।

तर गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले खोलामा मेसिन हाल्न पूर्ण बन्देज गरिएको जानकारी दिदै यदी कामदारहरुको प्रयोग गर्नुपरेमा उनीहरुको बीमा गरेर र लाईफज्याकेटको समेत प्रयोग गराएर मात्र काम लगाउन भनेको जानकारी दिए । ‘खोलामा मेसिन हाल्न नदिने निर्णय भएको छ ।’ उनले भने, ‘यदी कर्मचारी प्रयोग गरेर कुनै काम गर्नुपरेमा सम्पूर्ण जिम्मेवारी लिने गरि बीमा गराउन र लाईफ ज्याकेटको व्यवस्था गरेर मात्र काममा लगाउनुपर्ने व्यवस्था गरेका छौं ।’ काममा लगाउने तर कुनै घटना भएपनि गैरजिम्मेवार बन्ने प्रबृतील गर्दा यस्तो निर्णय गरेको उनले बताए ।

उनले बेल्खु खोलामा सोही अनुसार काम गर्न सहमति दिएपनि कोल्पुखोलामा भने सहमति नदिएको जानकारी दिए ।

उर्लंदो नदीबाट बालुवा झिक्दा सुरक्षा सतर्कता नअपाउने र असावधानीले हरेक वर्ष नुवाकोट र धादिङका कामदारहरुको मृत्युको घटना बाहिर आउने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x