Shangrila

भिटोनद्वारा प्रदेश नं. २ मा प्रदेश कमिटि गठन

काठमाडौं, १२ साउन । गाउँले पर्यटन–नेपाल (भिटोन) को प्रदेश नं. २ मा कमिटि गठन गरिएको छ । संघका प्रमुख संरक्षक एवं पूर्वमन्त्री सुनिलबहादुर थापाको निर्देशनमा सर्लाही, लालबन्दीका स्थानीय श्याम पराजुलीको संयोजकत्वमा प्रदेश कमिटि गठन गरिएको हो ।

संघले लामो समय नेपालका विभिन्न भु–भागमा गाउँले पर्यटनको प्रवद्र्धन गर्दै आएको छ। कमिटिले प्रदेश नं २ को पर्यटन प्रवद्र्धन, स्थानीयमा पर्यट न सचेतना अभिबृद्धि लगातयका कार्यहरु संचालन गर्ने छ ।

कोरोना संक्रमणको त्रास कम भएपछि प्रदेश नं १ र ४ मा कमिटि गठन गर्ने र त्यसपश्चात अन्य क्षेत्रमा पनि क्रमश कमिटिहरु गठन गर्दै जाने योजना रहेको भिटोनका राष्ट्रिय अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *