Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अजोड इन्स्योरेन्सको १ करोड कित्ता आईपीओ सूचीकृत

अजोड इन्स्योरेन्सको १ करोड कित्ता आईपीओ सूचीकृत

काठमाडौं, १२ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकरणका लागि सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै कम्पनीको चुक्तामूल्य रू. १०० कायम भएको १ करोड कित्ता आईपीओ सूचीकृत भएको हो ।
यसअघि कम्पनीले सर्वसाधारणसमक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण शेयर खुला विक्री आह्वान गरेको थियो । यस्तै कम्पनीका संस्थापकहरूले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरी १ करोड कित्ता शेयर वितरण भई नेप्सेमा सूचीकरण भएको छ ।
शेयर सूचीकरण सम्झौतापत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । यो शेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x