Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से र अजोड इन्स्योरेन्सबीच शेयर सूचीकरण गर्ने सम्झौता

नेप्से र अजोड इन्स्योरेन्सबीच शेयर सूचीकरण गर्ने सम्झौता

काठमाडौं, १२ साउन । अजोड इन्स्योरेन्सको आइपीओ दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । अजोड इन्स्योरेन्सले केही समयअघि निष्काशन गरी बाँडफाँड सकेको आइपीओ शेयर सूचीकरण को सम्झौता गरेको हो ।

शेयर सूचीकरण सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारणसमक्ष एनआईबिएल एस क्यापिटल मार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो । सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरी जम्मा एक करोड कित्ता शेयर वितरण भई नेप्सेमा सूचीकरण भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x