Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मौद्रीक नीति २०७४—७५ को अर्धवार्षिक समीक्षा हुँदै

मौद्रीक नीति २०७४—७५ को अर्धवार्षिक समीक्षा हुँदै

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिको अर्धवार्षिक समीक्षा थालेको छ । मौद्रीक नीतिको लक्ष्य अनुसार कर्जा लगानी विस्तार भैरहेको र बैंकहरुले कर्जा निक्षेप अनुपात सीमाभित्रै राख्न सक्षम भएकाले गत वर्षमा जस्तो कर्जा निक्षेप अनुपातमा ‘रिल्याक्सेसन’ नदिइने भएको छ । बैंकहरुले कर्जाको माग हुँदा पनि कर्जाको तुलनामा निक्षेप तथा प्राथमिक पुँजीको योग (सीसीडी) को अनुपात ८० प्रतिशत नजिक रहेकाले कर्जा विस्तारमा संकुचन आएको भन्दै सीसीडी ८५ प्रतिशतमा राख्न केन्द्रीय बैंक समक्ष अनुरोध गरिरहेका छन् । यद्यपि केन्द्रीय बैंक स्रोतले गत वर्षमा दिइएको जस्तो ‘रिल्याक्सेसन’ नदिइने प्रष्ट पारेको छ ।
अहिले विभिन्न सात प्रदेशको राजधानी घोषणा र त्यहाँ रियलस्टेटको कारोबार बढ्ने अपेक्षामा बैंकहरुले ती क्षेत्रहरुमा लगानी बढाउन खोजेको निष्कर्ष निकाल्दै सीसीडीमा ‘रिल्याक्सेसन’ ले रियलस्टेट कारोबार वृद्धि भई अझै जग्गा कारोबारी सट्टेबाजहरुले अर्थतन्त्रमा विकराल समस्या निम्त्याउन सक्ने निष्कर्ष निकालेको छ ।
पुनकर्जा सुविधामा भने क्रमिक वृद्धि गरिनेछ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार, केही विषयहरुमा सञ्चालक समितिको मतैक्य भएपछि मौद्रीक नीतिको समीक्षा सार्वजनिक गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x