नबिल बैंकद्वारा ‘स्क्यान एन्ड वीड्र’ को सुरुवात
काठमाडौं, १४ साउन । नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सेवा सुरुवात गरेको छ । आफ्ना ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको हो ।
मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख रुपैयाँ सम्मको रकम झिक्न सक्नेछन् ।
बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिल बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने जनाएको छ।
नयाँ सेवाको सुरुवातको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकले चेक÷एटिएम कार्ड बोक्न बिर्सिए पनि मोबाइल बैंकिङ्ग एप्समा लग–ईन गरेर क्यूआर कोड स्क्यान गरी रकम झिक्न सक्ने बताए । वश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धती मार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको जनाएको छ।