Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

हेटौंडा, १५ साउन । कोभिड–१९ को महामारी र लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका १११ वटामध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले बताएको छ ।
लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नरहेको बताइएको छ । अत्यावश्यक बाहेक उत्पादन गर्ने उद्योग बन्द रहेका थिए । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले जानकारी दिएको छ ।
यद्यपि उद्योगी एवं व्यवसायीले भने बैंकको ब्याज, कच्चापदार्थको अभाव र महँगीका कारण उद्योग चलाउन समस्या रहेको गुनासो गरेका छन् । हेटाँैडा औद्योगिक क्षेत्रका उद्योगहरुमा करीब ५ हजार मजदुर कार्यरत रहेको तर लकडाउनमा घर गएका धेरै मजदुर नआएकाले पनि उद्योगमा समस्या परेको हो । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको रु पाँच अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी रु ९० करोड रहेको कार्यालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x