Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटनमा कोरोना प्रभाव : सगरमाथा क्षेत्रमा करिब ५०% घटे पर्यटक

पर्यटनमा कोरोना प्रभाव : सगरमाथा क्षेत्रमा करिब ५०% घटे पर्यटक

सोलुखुम्बु, १५ साउन । कोरोना महामारी र लकडाउनका कारण गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७५÷७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेकमा आव २०७६÷७७ मा ३२ हजार ६३७ ले मात्र भ्रमण गरेका छन् ।
निकुञ्जको तथ्याङ्कअनुसार गत आवमा ३१ हजार ५३५ विदेशी र एक हजार १०२ नेपालीले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्, जसमा एक हजार १६७ सार्क राष्ट्रका पर्यटक छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जले आव २०७६÷७७ मा रु. साढे ९ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य गतिविधिबाट रु नौ करोड ५७ लाख ६० हजार ९९४ राजश्व सङ्कलन भएको हो ।
वन रोयल्टीबाट रु नौ करोड ४२ लाख ४३ हजार ९६१, अन्य प्रशासनिक सेवा शुल्कबाट रु चार लाख आठ हजार, वन क्षेत्रको रोयल्टीबाट रु १० लाख ९२ हजार ८०२ सङ्कलन भएको निकुञ्जको कार्यालय नाम्चेले बताएको राससमा उल्लेख छ ।
निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाडौँको भृकुटीमण्डपमा काउण्टर स्थापना गरेर राजश्व सङ्कलन गरिरहेको छ । कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट रु आठ करोड ५६ लाख ११ हजार ९९४ र काठमाडौँ भृकुटीमण्डपस्थित काउन्टरबाट रु एक करोड १४ लाख नौ हजार सङ्कलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x