Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले २० अर्ब तान्दै

बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले २० अर्ब तान्दै

काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले रिपो मार्फत बजारबाट आज २० अर्ब रुपैयाँ तान्न लागेको हो ।

पछिल्लो समय बैंकहरुको कर्जा प्रवाह न्यून हुदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ । राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको सो रिभर्स रिपो साउन २२ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x