Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुरु भयो १२ औं सौराह खाना महोत्सव

सुरु भयो १२ औं सौराह खाना महोत्सव

काठमाडौं, २९ माघ । चितवनको सौराहामा १२ औं सौराहा खाना महोत्सव सुरु भएको छ । प्रेम दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहाको आयोजनामा सुरु भएको खाना महोत्सवको आइतबार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।

प्रदेश सभा सदस्य पाण्डेले भरतपुर विमानस्थलको क्षेत्र बढाउन सके चितवनमा पर्यटकको संंख्या बढ्ने बताए । विमानस्थल नजिकै रहेको दि फेमस दल गणलाई शक्तिखोर स्थानान्तरण गरेर गण रहेको स्थानलाई विमानस्थलको रुपमा विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

महोत्सवमा ७० भन्दा बढी स्टल राखिएका छन् । यहाँ खानाका मात्रै करिव ५० वटा स्टल छन् । विशेषगरी थारु समुदाय र नेवार समुदायको खानाका परिकारका स्टल बढी छन् । महोत्सवमा यस वर्ष थप आकर्षणका लागि हात्ती वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x