म्यानको म्यानेजर अफ दी इयर अवार्ड ढकाल र आउटस्ट्यान्डिङ अवार्ड राजभण्डारीलाई

काठमाडौ,२९ माघ । एफ वान सफ्टवेरका सञ्चालक विश्वास ढकाल म्यानेजर अफ दि इयर अवार्ड २०१७ वाट सम्मानित भएका छन । नेपाल व्यावस्थापन संघ (म्यान) ले हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गरि ढकाललाई सो अवार्ड प्रदान गरेको हो ।
त्यस्तै आउटस्टयान्डिङ अवार्ड भने नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई प्रदान गरिएको छ । म्यानले हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्ने गरेको छ। उनीहरु दुबैलाई उपप्रधानमन्त्री विजयकुमार गच्छादारले अवार्ड प्रदान गरेका हुन ।