पहिलो मुख्य मन्त्री बने डोरमणी पौडेल, आजै देखि सम्हाले जिम्मेवारी

काठमाडौं, २९ माघ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उनलाई सपथ ग्रहण गराएकी हुन्।

संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पौडेल पहिलो व्यक्ति हुन्। अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ। पौडेल नेकपा एमाले संसदीय दलका नेता पनि हुन्। सपथ लगतै मुख्यमन्त्री पौडेलले हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगि पदभार ग्रहण पनि गरेका छन् ।पौडेल २०४९ र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयर थिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *