Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओमा आजदेखि आवेदन खुल्ला

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, १६ साउन । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ शुक्रबार (आज)बाट बिक्री खुल्ला भएको छ। कम्पनीले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ आजबाट निष्काशन खुला गरेको हो ।

कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २१ गते हुनेछ भने ढिलोमा भदौ ३ गते हुनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x