विदेशमा रहेका नेपालीको चौथो चरणको उद्धार आजदेखि

काठमाडौं, १६ साउन । विदेशमा अलपत्र नेपालीको आजदेखि चौथो चरणको उद्धार सुरु गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई आजदेखि साउन २४ गतेसम्म उद्धार गरिने छ ।

नेपाल वायुसेवा निगम र हिमालय एयरलाइउन्सको जहाजले उडान तालिका सार्वजनिक गरिसकेका छन् । यस्तै, विदेशी एयरलाइन्सले पनि उडान तालिका बनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल वायुसेवा निगम र हिमायन एयरलाइन्सले १८, १८ वटा उडान भर्ने छ । चौथो चरणको उडानका लागि जापान, मलेसिया, कुँबेत, चीन, दुबई लगायतका देशका लागि ५४ वटा विमानले उडान अनुमति लिएका छन् ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *