Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नाका खुले पनि सहज नहुँदा सयौं कण्टेनर सामान केरुङमै

नाका खुले पनि सहज नहुँदा सयौं कण्टेनर सामान केरुङमै

रसुवा, १९ साउन । नेपाल–चीन सीमा केरुङ नाका खुले पनि सहज व्यवस्थापन नहुँदा नेपाली व्यापारीका सयौं कण्टेनर सामान नेपाल ल्याउन सकिएको छैन । झण्डै ६ महीनादेखि रोकिएका तयारी पोशाक लगायत १२ सय कन्टेनर सामान अहिले पनि उतै रोकिएको व्यवसायीले बताएकाछन् । समयमै नेपाल भित्र्याउन नसक्दा अधिकांश सामान बिग्रिएको आशंका गरिएको छ ।
चिनियाँ पक्षले दैनिक चार गाडी सामान नेपाल पठाउने गरेको, तर केही दिनयता स्याउ र लसुन मात्र भित्रिएको बताइएको छ । सबै सामान ल्याउने सहज वातावरण बनाइदिन परराष्ट्र मन्त्रालय, गृह र वाणिज्य मन्त्रालयमा पटक पटक ज्ञापनपत्र बुझाए पनि समस्या समाधान नभएको सम्बद्ध व्यापारीहरूको भनाइ छ । रोकिएका सामान भित्र्याउने टुंगो अझै लाग्न नसकेको नेपाल हिमालय सीमा व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए ।
लामो समयदेखि केरुङ नाकामै सामान थन्किँदा आफूहरुको करोडौंको लगानी जोखिममा परेको व्यापारी व्यवसायीको गुनासो छ । चीनबाट पर्याप्त मात्रामा सामान नपठाइँदा सामान समयमै ल्याउन नसकिएको राष्ट्रिय व्यापार संघका कोषाध्यक्ष रामचन्द्र पराजुलीले बताए । ठूलो परिमाणमा सामान भित्र्याउन आफूहरूको प्रयासले मात्र पर्याप्त नभएको भन्दै उनले यसमा सरकारले नै चीन सरकारसँग पहल थाल्नुपर्ने उनको भनाइ छ ।
चिनियाँ पक्षले रसुवागढी नाकामा १६ जनाभन्दा बढी कामदार राख्न नदिएकाले कामदारको समेत अभाव भएको बताइएको छ । रसुवागढी भन्सार प्रमुख पुण्य पौडेलका अनुसार चीनतर्फबाट दैनिक चारओटा गाडी सामान मात्र आउने गरेका छन् । त्यसमा मुख्यतः लसुन र स्याउ मात्र हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x