Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

विदुर नगरपालिकाले बाहिरी जिल्लाबाट भित्रिने तरकारी र फलफूल पूर्ण रुपमा निषेध गर्ने

विदुर नगरपालिकाले बाहिरी जिल्लाबाट भित्रिने तरकारी र फलफूल पूर्ण रुपमा निषेध गर्ने

काठमाडौं, २१ साउन । नुवाकोटको विदुर नगरपालिकाले जिल्ला बाहिरबाट भित्रने तरकारी तथा फलफूल पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ । नगरपालिकाको आज बसेको ४३औं बैठकले उक्त निर्णय गरेको हो । नगरले कोरोना भाइरस समूदायमा फैलन नदिन ईन्टेक डिल, हात्तिगौडा चोक, सामरी दोभान र सुनचापाको चोतारादेखि वडा नं. १२ खोला चौतारो किम्ताङ क्षेत्रहरुलाई पूर्ण रुपमा सिल्ड गर्ने निर्णय गरेको छ ।

त्यस्तै विदुर नगरपालिकाभित्र सञ्चालन हुने सम्पूर्ण लोकल गाडी पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रशासकीय अधिकृत सुदेव कुमार पोखरेलले जानकारी दिए । काठमाडौंको होल्डिङ सेन्टरबाट आउने व्यक्ति बाहेक ट्याक्सी लगायत पास नभएका सम्पूर्ण यातायातका साधनहरुलाई पूर्ण रुपमा प्रवेश निशेध गरिने जनाइएको छ ।

विदुर नगरपालिका र अन्तर्गतका वडा कार्यालयका सेवा प्रवाह कम्तिमा २ हप्ताको लागि स्थगित गर्न र नगरभित्रका अन्य सरकारी कार्यालयका सेवा प्रवाहलाई समेत केही दिन स्थगित गराउन सिफारिस गर्ने निर्णय भएको छ । क्वारेन्टिन तोकिएका होटल तथा लज बाहेकका सबै प्रकारका चिया पसल, होटल तथा लजहरु अर्काे निर्णय नभएसम्म बन्द गरिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x