Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनसरी–मोरङका उद्योगको उत्पादनमा ४०% कटौती, १५% मजदूरको रोजगारी गुम्यो

सुनसरी–मोरङका उद्योगको उत्पादनमा ४०% कटौती, १५% मजदूरको रोजगारी गुम्यो

मोरङ, २१ साउन । कोरोनाको जोखिम बढ्दै गएपछि प्रदेश १ को सुनसरी–मोरङ ओद्योगिक करिडोरका उद्योगको उत्पादनमा असर परेको छ । बजार माग घटेपछि उक्त करिडोरका उद्योगहरूको उत्पादन ६० प्रतिशतमा झरेको छ । लकडाउन खुले पनि माग र खपत नबढेपछि उत्पादनमा ४० प्रतिशतसम्म कटौती गर्नुपरेको सम्बद्ध उद्योगी व्यवसायीहरूको भनाइ छ ।
४ महिनापछि लकडाउन अन्त्य भए पनि बजारको मागमा सुधार नभएकाले उद्योगहरूले उत्पादन घटाएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । ‘बजारमा उपभोक्ताको क्रय क्षमता घटेको छ, उनीहरूले आवश्यकभन्दा कम किनिरहेका छन्,’ उनले भने, ‘त्यसैले उद्योगहरूले उत्पादन घटाउनुपर्ने अवस्था आएको हो ।’
विराटनगरमा कोरोना संक्रमण समुदायस्तरम पुगेपछि हाल निषेधाज्ञा गरिएको छ । महीनौंको लकडाउनले थला परेका उद्योग हालको निषेधाज्ञाले झनै संकटमा परेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । यस क्षेत्रका उद्योगहरूले ६० देखि ७० प्रतिशत क्षमतामा मात्र उत्पादन गरिरहेको उनको भनाइ छ ।
उद्योगहरूले उत्पादनमा कटौती गरेपछि मजदूरको रोजगारीमा समेत धक्का लागेको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका ५०० उद्योगमा कार्यरत ५० हजार मजदूरमध्ये हालसम्म १५ प्रतिशतले रोजगारी गुमाइसकेको अध्यक्ष घिमिरेले बताए । कोरोना महामारीको अवस्थामा सुधार नआए ३० प्रतिशतसम्म मजदूरले रोजगारी गुमाउने अनुमान उनले गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x