नेप्से परिसूचक २१ अंकले घटेसँगै कारोबार रकम ६ करोड घट्यो
काठमाडौं, २१ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार (आज) घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१.६१ अंक घटेर १३८२.२५ विन्दुमा झरेको हो । गत कारोबार दिन सोमबार ७.५९ अंक वृद्धि भएको नेप्से परिसूचक आज १.५४ प्रतिशत घटेको छ । मंगलबार गाईजात्रा पर्व परेकोले उपत्यकामा सार्वजनिक विदा भएको कारण शेयर बजार बन्द थियो ।
गत कारोबारको तुलनामा आज कारोबार रकममा पनि कमि आएको छ । सोमबार १ अर्ब २९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज कारोबार रकममा करिब ६ करोड रुपैयाँ कमी आएको हो । १८६ कम्पनीको २० हजार ४६९ पटकको कारोबारमा ३४ लाख ४७ हजार ७६५ कित्ता शेयर १ अर्ब २३ करोड रुपैयाँमा खरिद विक्री भएको छ ।
सर्वाधिक शेयर खरिद विक्री हुने ३ कम्पनी
सर्वाधिक शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको १३ करोड ६१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको अन्तिम शेयर मूल्य ५७६ कायम भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ करोड ९८ लाख र एनएमबि बैंक लिमिटेडको ७ करोड १९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्र भएको छ । यी कम्पनीको अन्तिम शेयर मूल्य क्रमशः १ हजार ३०७ र ४१० रुपैयाँ कायम भएको छ ।
आज अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी कम्पनीको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ ।
नेटवर्किङ प्रणालीमा आएको समस्याका कारण आजको शेयर कारोबार नियमित समय तालिका अनुसार नभएर ११ः४५ देखि भएको थियो भने बजार बन्द ३ः४५ मा भएको थियो ।
आज वित्त र अन्य समूह मात्र कारोबारमा आएका थिए । यी दुबै समूहको परिसूचक घटेको छ ।