नेपाल उद्योग परिसंघद्वारा ज्ञानेन्द्रलाल प्रधानको संयोजकत्वमा ऊर्जा विकास परिषद्को गठन
काठमाडौं, २१ साउन । नेपाल उद्योग परिसंघले नीतिगत व्यवस्थामा सुधार गर्दै परिसंघ भित्र ऊर्जा विकास परिषद्को पुनरगठन गरेको छ । परिसंघले समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारको लागि सरकारसँग सहकार्य गर्न राष्ट्रिय परिषद्का सदस्य ई. ज्ञानेन्द्रलाल प्रधानको संयोजकत्वमा ९ सदस्यीय परिषद्को पुनरगठन गरेको हो ।
परिसंघले ऊर्जा नीतिको बारेमा आन्तरिक र सरकारसँग नीतिगत छलफल गर्नको लागि ९ सदस्यीय परिषद्को गठन गरेको बताएको छ । उक्त परिषद्को सदस्यहरुमा परिसंघमा आवद्ध सम्बन्धित क्षेत्रका सदस्यहरु र विज्ञ व्यक्तित्वहरु रहेका छन् ।
विगत वर्षहरुदेखि नै परिषद्को गठन भएर यसका गतिविधिहरु सञ्चालन गरिरहेकोमा हाल ऊर्जा क्षेत्रमा देखिएको थप सम्भावना र चुनौतिहरुको विश्लेषण गरि ऊर्जा क्षेत्रको रणनीतिका साथै नीतिगत व्यवस्थामा छलफल गरी ऊर्जा क्षेत्रको विकास र विस्तार गर्नको लागि परिसंघबाट परिषद्को गठन गरिएको जनाएको छ ।