लकडाउन अवधिमा ६१% उद्योग व्यवसाय पूर्णरूपमा बन्द, २२% कर्मचारीले रोजगारी गुमाए
काठमाडौं, २२ साउन । नेपालमा ४ महिना लामो लकडाउनका कारण उद्योग व्यवसायका साथै तिनमा आबद्ध श्रमिक÷कर्मचारीको रोजगारी नराम्ररी प्रभावित भएको पाइएको छ । राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण प्रतिवेदन’ले बन्दाबन्दी अवधिमा ६१ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा
बन्द रहेको देखाएको छ ।
उक्त प्रतिवेदनका अनुसार सो अवधिमा ३५ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ४ प्रतिशत उद्योग÷व्यवसाय मात्र पूर्णरूपमा सञ्चालनमा रहेको पाइएको छ । बन्दाबन्दीे अवधिमा सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायमध्ये ९६.७ प्रतिशतको सामान्य अवस्थाको
तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन÷कारोबार घटेको छ । यस्तै ०.९ प्रतिशत उद्योग÷व्यवसायको उत्पादन÷कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन÷कारोबार पूर्ववत् रहेको देखिएको छ ।
बन्दाबन्दी अवधिमा उद्योग÷व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ । कटौती भएकामध्ये अस्थायी÷करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी÷कामदार कटौती गरेको देखिएको छ । सो अवधिमा घरेलु उद्योग र लघु उद्यम÷साना खुद्रा व्यापारले अन्यको तुलनामा धेरै कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन् । यस्तै, ठूला उद्योग÷व्यवसायले अन्यको तुलनामा धेरै तलब कटौती गरेको प्रतिवेदनले देखाएको छ ।
सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायहरुले बन्दाबन्दीपश्चात् सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने बताएका छन् । होटल तथा रेष्टुरेण्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ । ८२.३ प्रतिशत उद्योग÷व्यवसायहरुले बन्दाबन्दीपश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भएतापनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको समेत पाइएको प्रतिवेदनमा उल्लेख छ ।