Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सुनको मूल्य दिन प्रतिदिन आकाशिदै, आज प्रतितोला ११०० बढ्यो

सुनको मूल्य दिन प्रतिदिन आकाशिदै, आज प्रतितोला ११०० बढ्यो

काठमाडौं, २२ साउन । स्थानीय बजारमा सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ वृद्धि भएको हो । हिजो प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँमा खरिद विक्री भएको छापावाला सुन आज प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि वृद्धि भएको छ । हिजो प्रति १० ग्राम ८६ हजार ९३५ रुपैयाँमा खरिद विक्री भएको तेजावी सुन आज प्रति १० ग्राम ८७ हजार ८८० रुपैयाँमा खरिद विक्री भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ वृद्धि भएको छ । हिजो प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला १ हजार ३४५ रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

यसरी सुन र चाँदीको मूल्य दिन प्रतिदिन आकाशिदै जानुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मुख्य रुपमा लिइएको छ । कोरोना भाइरसका कारणले गर्दा सुन र चाँदीजन्य धातु उत्पादनमा कमी आएको तर लगानीकर्ताको आकर्षण यस्ता धातुमा बढेको व्यवसायी बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x