Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकको ‘लोन बेनिफिट क्याल्कुलेटर’ सार्वजनिक

एनआईसी एशिया बैंकको ‘लोन बेनिफिट क्याल्कुलेटर’ सार्वजनिक

काठमाडौं, २२ साउन । एनआईसी एशिया बैंकले ‘लोन बेनिफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ । बैंकले सुपर चमत्कारिक कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण हेर्न उक्त क्याल्कुलेटरको सार्वजनिक गरेको हो ।

बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिड क्याल्कुलेटर’ ग्राहकले चाहेका कर्जाको ब्यज र किस्ता सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्् । यो क्याल्कुलेटरमा गई वर्तमान अवस्थामा आफुले उपभोग गदै आएको कर्जाको तुलना बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै जानकारी दिन सकिने बैंकले जनाएको छ ।

उक्त क्याल्कुलेटरबाट अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सकिने छ । आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सकिने छ ।

हाल बैंकले ३२६ शाखा कार्यालयहरू, ४६५ एटीएम, १०१ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x