Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वैदेशिक व्यापार घट्दा राजस्व संकलनमा १५.८२ प्रतिशतको कमी

वैदेशिक व्यापार घट्दा राजस्व संकलनमा १५.८२ प्रतिशतको कमी

काठमाडौं, २२ साउन । कोभिड–१९ का कारण वैदेशिक व्यापार घटेपछि गत आर्थिक वर्ष २०७६÷७७ नेपालको राजस्व संकलनमा दोहोरो अंकको कमी आएको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷७६ रू. ३ खर्ब ५४ अर्ब राजस्व संकलन भएको थियो । गत आवमा भने २ खर्ब ९८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो आवको तुलनामा १५.८२ प्रतिशतले कम हो ।
गत आवमा अघिल्लो आवको तुलनामा ३० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो । तर आयातमा गरिएको कडाइ, कोरोना महामारी र लकडाउनका कारण आयात घटेपछि लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको विभागले बताएको छ ।
विभागको तथ्यांक अनुसार गत आवमा अघिल्लो आवको तुलनामा वैदेशिक व्यापारमा रू. २ खर्ब २२ अर्ब ६८ करोडले कमी आएको छ । अघिल्लो आवमा नेपालमा रू. १४ खर्ब ९८ अर्बको सामान आयात भएकोमा गत आव घटेर रू. ११ खर्ब ९६ अर्बमा खुम्चिएको छ । कुल आयातमा १५ दशमलव ६३ र निर्यात शून्य दशमलव ९८ प्रतिशतले ह्रास आएको हो ।
गत वर्ष सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । सो अवधिमा रू. १ खर्ब १५ अर्बको डिजेल÷पेट्रोल आयात भएको विभागको तथ्यांकले देखाएको छ । रू. ६६ अर्बको फलाम, रू. ३ अर्बको एलपी ग्यास र रू. २३ अर्बको तयारी पोशाक भित्रिएको छ । यस्तै नेपालबाट सबैभन्दा बढी रू. १८ अर्बको पाम तेल, रू. १२ अर्बको भटमासको तेल, रू. ७ अर्बको धागो, रू. ६ अर्बको ऊनी÷गलैंचाबाट बनेका सामान निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x