एनसीसी बैंकको सीईओमा पुनः अर्याल दोहोरिए

काठमाडौं, २२ साउन । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दोस्रो कार्यकालका लागि पुनः रमेशराज अर्याल नियुक्त भएका छन् । साउन १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अर्याललाई पुनः दोस्रो कार्यकाल अर्थात् ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्याललाई असोज १ गतेदेखि लागू हुनेगरी बैंकले सीईओमा नियुक्ति गर्ने निर्णय गरिएको जानकारी गराएको छ । ३० वर्ष अगाडिदेखि नेपाल ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ करियर शुरु गरेका अर्याल विगत २४ वर्षदेखि एनसीसी बैंकमा कार्यरत रहँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *