Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्सबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्सबीच सहकार्य

काठमाडौं, २२ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लिमिटेडबीच रेमिट्यान्स रकम भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार मुक्तिनाथ रेमिट्मा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ ।
हाल बैंकले ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x