Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नागरिक उड्डयन प्राधिकरणको बजेट रू. ४१ अर्ब ११ करोड, निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता

नागरिक उड्डयन प्राधिकरणको बजेट रू. ४१ अर्ब ११ करोड, निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता

काठमाडौं, २४ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालू आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गरेको छ । क्यानले शुक्रवार चालू आवका लागि रू. ४१ अर्ब ११ करोड ३ लाख बजेट विनियोजन गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको चालू आवको बजेट तथा नीति कार्यक्रममा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता दिएको छ । प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ का लागि रू. ४६ अर्ब ९६ करोड ५० लाखको बजेट ल्याएको थियो । कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले चालू आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरिएको हो ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यस पटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएको राससमा उल्लेख छ । प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्ति, सञ्चार उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरण जडान, अन्तरराष्ट्रिय विमानस्थल विस्तार र जनशक्तिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
विमानस्थल पूर्वाधारतर्फ प्राधिकरणले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । गौतमबुद्ध विमानस्थलको लािग अधिग्रहण गरिएको जग्गाको मुआब्जाका लागि प्राधिकरणले रू.२ अर्ब १६ करोड ८३ लाख विनियोजन गरेको छ । त्यस्तै पोखरा विमानस्थलको लागि गरिएको जग्गा अधिग्रहणलाई रू.७८ करोड विनियोजन गरिएको छ ।
निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणलाई रू.२० करोड व्यवस्था गरिएको छ । यो विमानस्थलको गुरुयोजना तयार गर्ने बताइएको छ । यसैगरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा प्रमाणित गर्ने, अन्तरप्रदेश उडानमा प्रोत्साहन दिने, आइटी नीति तयार गर्ने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालन योग्य बनाउने प्राधिकरणको योजना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x