Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लकडाउनपछिको पर्यटन क्षेत्र : होटल रेष्टुराँ खुले, आएनन् ग्राहक

लकडाउनपछिको पर्यटन क्षेत्र : होटल रेष्टुराँ खुले, आएनन् ग्राहक

चितवन, २४ साउन । कोभिड–१९ को महामारी रोकथामका लागि ४ महिनासम्म गरिएको लकडाउन खुलेपछि सबैभन्दा बढी उत्साहित पर्यटन व्यवसायी भए । हुन पनि लकडाउन शुरू हुनुअगावै खस्कन थालेको यो व्यवसायलाई लकडाउनले झनै शिथिल बनाएको थियो । त्यसैले सरकारले होटल÷रेष्टुराँ सञ्चालनको अनुमति दिएपछि विस्तारै ग्राहक तथा पर्यटक आउलान् र व्यवसायले गति लिने आशा गरेका व्यवसायी पुनः निराश भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी चिन्तित छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको उनीहरूले बताएका छन् । विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताएको राससमा उल्लेख छ । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनको भनाइ छ । ‘होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन्,’ उनले भने । आउँदो भदौ १ गतेदेखि आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताए ।
होटलसँगै रेष्टुराँ पनि खुलेका छन्, तर ग्राहक छैनन् । रेष्टूराँ एण्ड बार एशोसिएशन (रेबान)का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताए । लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निराश भएको उनको भनाइ छ ।
सौराहामा १०० हाराहारीमा रेष्टुराँ छन् । अहिले आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको संख्या ११० छ, जहाँ ५ हजार ५०० हाराहारी कर्मचारी कार्यरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x