Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारतद्वारा नेपाली सेनालाई १० ओटा आइसीयु भेन्टिलेटर प्रदान

भारतद्वारा नेपाली सेनालाई १० ओटा आइसीयु भेन्टिलेटर प्रदान

काठमाडौं, २५ साउन । कोभिड–१९ विरुद्घ लड्न सहयोग पु¥याउने प्रयास अनुरुप भारतीय सेनाले आइतवार नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उक्त भेन्टिलेटरहरु नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रदान गरेका हुन् ।
एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सपोर्टका लागि उक्त भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्नेगरी डिजाइन गरिएको उल्लेख छ । छन् । ती भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिने बताइएको छ ।
मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्घ रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x