Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यस कारण फैलिँदै छ उपत्यकामा कोरोना संक्रमण

यस कारण फैलिँदै छ उपत्यकामा कोरोना संक्रमण

काठमाडौं, २५ साउन । दुई दिनअघि काठमाडौंको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भयो । परीक्षणका क्रममा उनका परिवारसहित पाँचजनामा संक्रमण देखियो । उनका घरबेटी समेत संक्रमित भएको पाइयो । यस्तै सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण भेटिएका थिए । हाल उक्त टोललाई सिल गरिएको छ ।
माथिको घटना त उदाहरण मात्र हो, उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा कोभिड–१९ को संक्रमण देखिइसकेको छ । झन् पछिल्ला दिनहरूमा तराईका केही जिल्लासँगै काठमाडौं उपत्यकामा समेत कोरोनाको संक्रमण बढ्दै गएको छ । काठमाडौंमा दैनिकजसो नै संक्रमणदर बढ्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकले नै देखाएको छ ।
काठमाडौं उपत्यकामा कोभिड–१९ को जोखिम बढ्नुमा मुख्यतः बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा संक्रमण देखिएपछि उनीहरूको पहिलो सम्पर्कमा आउने धेरैमा संक्रमण हुन सहयोग गरेको छ । अर्को कारण, आम जनमानसको प्रत्यक्ष सम्पर्कमा हुने सुरक्षाकर्मीमा समेत संक्रमण बढेको पाइएको छ ।
यस्तै लकडाउन खुलेपछि नाकामा कोरोना परीक्षणको व्यवस्था हुनुअगावै धेरै मानिस उपत्यका भित्रिएको, विगतभन्दा अहिले उपत्यकामा आवतजावत मानिसले लापरबाही र हेल्चेत्र्mयाइँ गरिरहेको पाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएको राससमा उल्लेख छ । व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको उनको बुझाइ छ ।
स्वास्थ्यविद्हरूका अनुसार भौतिक दूरी कायम गर्ने विषयमा ध्यान कम दिनु, भीडभाड बढ्दो बढ्नु, यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको, खुलमखुला मानिस भित्रिरहेको जस्ता कारण उपत्यकामा कोभिड–१९ को जोखिम बढेको हो । उपत्यकाको नाकाबाट सहज रूपमा मानिस आवतजावत हुँदा संक्रमण फैलिन सहयोग पुगेको हो ।
उपत्यकामा संक्रमणदर बढे अनुरूप परीक्षणको गति र दायरा बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । संक्रमण बढेपछि विभिन्न जिल्ला र स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रणको प्रयास गरिरहेका छन् । कोरोना नियन्त्रणका लागि समुदाय आफै सचेत हुनुपर्ने, अन्यथा रोकथाममा ठूलो चुनौती हुने समेत चिकित्सकहरूले औंल्याएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x