Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

सुनको मूल्य ९०० घट्यो, चाँदीको मूल्य बढ्यो

सुनको मूल्य ९०० घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं, २५ साउन । लगातार उकालो लागेको सुनको मूल्य आइतबार (आज) घटेको छ । गत कारोबार दिन (शुक्रबार)को तुलनामा आज स्थानीय बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेको हो ।
शुक्रबार १ लाख ३ हजार ५०० रुपैयाँमा खरिद विक्री भएको छापावाला सुन आज प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य पनि घटेको छ । तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा खरिद विक्री भइरहेको छ । गत कारोबार दिन १ लाख ३ हजार रुपैयाँमा तेजावी सुन खरिद विक्री भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा भने ५ रुपैयाँ वृद्धि भएको छ । गत कारोबार दिन प्रतितोला १ हजार ४०५ रुपैयाँमा खरिद विक्र भएको चाँदी आज प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x