इसेवा र बहराइन फाइनान्सिङ कम्पनीबीच डिजिटल रेमिट्यान्स सम्झौता
काठमाडौं, २६ साउन । इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) बीच डिजिटल रेमिट्यान्स् सम्झौता भएको छ। यो सम्झौतासँगै बहराईनमा रहेका नेपालीहरुले बीएफसी को ५५ वटा शाखाबाट कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।
नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको जनाइएको छ। इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ ।
इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।