सनराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको फुलबारीमा
काठमाडौं, २६ साउन । सनराइज बैंक गुल्मीको मालिका गाउँपालिका–६, फुलबारीबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । यो बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा हो ।
मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका साथै एटिएम कार्ड मार्फत कारोबार समेत गर्न सकिने बैंकले जनाएको छ।
हालसम्म सनराइज बैंकले १ सय ३४ वटा शाखा,४९ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १ सय ६० वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।