Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेती नदि जलविद्युत आयोजनाद्वारा कास्कीको वडा २ लाई ४० थान डस्टबिन प्रदान

सेती नदि जलविद्युत आयोजनाद्वारा कास्कीको वडा २ लाई ४० थान डस्टबिन प्रदान

कास्की, २६ साउन । कास्कीको सेती नदीमा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाका पदाधिकारी, मजदुर, वडाध्यक्ष, प्रहरी र स्थानीयबासीले माछापुच्छ्रे २ भुजुङखोलाको बजार क्षेत्रमा सरसफाई गरेको छ ।

उक्त सरसफाई अन्तर्गत भुर्जुङखोला बजारलाई सफा राख्न आयोजनाले वडाध्यक्षलाई ४० थान डस्टबिन ट्यांकी हस्तान्तरण गरेको छ। डस्टबिन ट्यांकी वडाका १५ वटा टोल सुधार समितिलाई २–२ वटाका दरले वितरण गर्ने र बाँकी बजारका विशेष क्षेत्रहरूमा राखिने छ ।

भिजन लुम्बिनी कम्पनीको प्रवर्द्धनमा आयोजना निर्माण सुरु गरेको हो । सरकारले असार १ गतेदेखि आयोजना निर्माणको अनुमति दिए पनि कम्पनीले त्यसअघिदेखि नै काम थालिसकेको थियो।

आयोजना निर्माण गर्न अनुमति पाउने लगभग निश्चित भएपछि कम्पनीले फागुन २ गतेदेखि नै सेती खोलामा काम थालेको थियो। चैत ११ देखि लकडाउन भएपछि रोकिएको काम वैशाख दोस्रो सातादेखि सुचारू भयो। असार १ गते सरकारले आयोजना बनाउन अनुमति दियो।

आयोजनाले अहिले सेतीखोलाबाट पानी लैजाने कुला अर्थात् एप्रोच कल्भर्ट र पानी थिग्राउने पोखरी बनाउने काम थालेको छ। २५ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको प्रवर्द्धक भिजन लुम्बिनी कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । आयोजना २७ महिनामा सक्ने गरी उनले बताए । उत्पादित बिजुली लाहाचोकमा निर्माणाधीन सवस्टेसनमा जोड्ने उनले बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x