Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दार्चुला–तिंकर सडक निर्माणका लागि सेनाको टोली निर्माणस्थलमा, भदौ १ देखि शुरू गरिँदै

दार्चुला–तिंकर सडक निर्माणका लागि सेनाको टोली निर्माणस्थलमा, भदौ १ देखि शुरू गरिँदै

दार्चुला, २८ साउन । महाकाली करिडोर अन्तर्गत बहुप्रतीक्षित दार्चुला–तिंकर सडक निर्माण अघि बढ्ने भएको छ । उक्त सडकको निर्माण शुरू गर्न नेपाली सेनाको टोली अहिले दार्चुला सदरमुकाम खलंगा आइपुगेको छ । मन्त्रिपरिषद्ले गत वैशाख १४ गते खलंगादेखि घाँटीबगर ६५ किलोमिटर सडक विभागलाई र घाँटीबगर–तिंकर भञ्ज्याङ ८७ किलोमिटर नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय गरेसँगै निर्माण सामग्रीसहित नेपाली सेनाको टोली दार्चुला सदरमुकाम खलंगा आइपुगेको हो । नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सैनिकको टोली निर्माण समग्रीसहित आइपुगेको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सेनानी विक्रमदेव थापाले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७७÷७८ देखि नेपाली सेनालाई यो सडक निर्माणको जिम्मेवारी दिएपछि आवश्यक सामग्रीसहित सेनाको टोली निर्माणस्थलमा पुगिसकेको र भदौ १ गतेदेखि निर्माण शुरू गने उनले बताएका छन् ।

सरकारले २०६५ सालमा महाकाली कोरिडोरको दार्चुला–तिंकर सडक खण्ड निर्माण गर्ने योजना बनाए पनि त्यसलाई महŒव दिएको थिएन । १३४ किलोमिटर लामो उक्त लोकमार्ग चीनको सीमा नजिक तिंकर भञ्जाङसम्म पुग्छ । लोकमार्गको निर्माण शुरू भएको १२ वर्षमा ४० किलोमिटर मात्र ट्र्याक खोलिएको छ ।

मन्त्रिपरिषद् बैठकले ब्याँस गाउँपालिका–२ घाँटीबगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि निर्माणले गति लिने अपेक्षा स्थानीयले गरेका छन् । घाँटीबगर क्षेत्रमा नेपाली सेनाको टोलीले ४५० मिटर घोडेटो बाटोसमेत निर्माण गरिरहेको छ । घोडेटो बाटो निर्माणको कार्य करीब आधा भइसकेको छ । तल्लो क्षेत्रमा घोडेटो निर्माण भइरहेको छ भने माथिल्लो क्षेत्रमा सडक निर्माण थाल्ने तयारी भइरहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x