Date

मङ्ल, बैशाख २, २०८२
Tue, April 15, 2025

२६.६६ कराेड चुक्ता पुँजी भएको कम्पनीको ३७.२५ करोड नाफा, ७३.३४ पुँजी थप्नुपर्ने

२६.६६ कराेड चुक्ता पुँजी भएको कम्पनीको ३७.२५ करोड नाफा, ७३.३४ पुँजी थप्नुपर्ने

काठमाडौं, २ फागुन । राष्ट्रिय बीमा कम्पनी खुद मुनाफा ४२ प्रतिशतले बढेर ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले २६ करोड १६ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले यसअवधिमा १२ करोड ८८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमा शुल्क आय २१ प्रतिशतले बढी हो । जसले पुनर्बिमा कमिसनबाट १ करोड ३८ लाख आम्दानी गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले कुल ३ करोड ४३ लाख ८४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९८ करोड रुपैयाँ छ । कम्पनीले बीमा समितिले तोके बमोजिमको चुक्ता पुँजी पु¥याउन ७३.३४ करोड रुपियाँ पुँजी थप्नुपर्ने हुन्छ जुन हालको चुक्तापुँजीको २७५ प्रतिशत बढी हो । यसैगरी, बीमा कोषमा एक अर्ब २६ करोड राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १३९ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ ८४३ रुपैयाँ ११ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x